४ कार्तिक २०८३, बुधबार

ट्राफिक स्वयम्सेवकलाई क्याप हस्तान्तरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । ट्राफिक स्वयम्सेवक क्याप हस्तान्तरण तथा ट्राफिक स्वयम् सेवक परिचालन कार्यक्रम सम्पन्न भएको छ ।

सोह्रखुट्टेस्थित नेपा ब्यान्केटमा आज बिहीबार सम्पन्न कार्यक्रममा छाया नेपालको सहयोगमा प्राप्त २५० थान ट्राफिक स्वयम् सेवक क्याप प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपाल स्काउटलाई हस्तान्तरण गरी ट्राफिक स्वयमसेवक परिचालनको सुरुवात समेत गरेकी छिन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल स्काउट सिद्धिगणेश रोभर रेन्जर क्र्युको समन्वय तथा छाया नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वेतसदन स्कूल एण्ड कलेज सामाखुशी, प्रगति बोर्डिङ हाई स्कूल बालाजु, इलिक्स स्कूल बहती पोखरी, ज्ञान मन्दिर सेकेण्डरी ई. स्कूल, गण्डकी पब्लिक स्कूल, हिम रश्मी हाई स्कूल, अमृत सेकेण्डरी स्कूल, युनिक रेञ्जर रोभर क्र्यु र सिद्धि गणेश माध्यामिक विद्यालय समेत गरी ९ विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको थियो ।