४ कार्तिक २०८३, बुधबार

नेपालमै उत्पादन हुने खाद्यवस्तु समेत आयात गर्नुपर्दा व्यापार घाटा बढ्यो : प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु समेत विदेशबाट आयात गरिरहनुपरेकाले नेपालको व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबार र बिहीबार आयोजना भएको ‘नेपालमा खाद्य सुरक्षा’सम्बन्धी दुईदिने सेमिनारको समापन गर्दै प्रधानमन्त्री देउवाले आज बिहीबार सो कुरा बताएका हुन् ।

नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरेका छन् । मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थाले व्यापार घाटा उच्च बन्दै गएको सन्दर्भमा नेपाल सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र बर्षे धान प्रबर्द्धन जस्ता कार्यक्रमहरुबाट खाद्य सुरक्षासम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने ।