
काठमाडौं, २ भदौ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक दोस्रोपटक पनि प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ ।
प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा कुल उपस्थित सांसदको बहुमतले विधेयक पुनः पारित भएको छ ।
मत विभाजन प्रक्रियाबाट निर्णयार्थ पेश भएको विधेयकका पक्षमा १३५ जना र विपक्षमा ६० जना सांसदले मतदान गरेका छन् । आज प्रतिनिधिसभामा उपस्थित सांसदको संख्या १९५ थियो ।
यसअघि दुवै सदनबाट पारित भएको विधेयक विचारणीय रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमा फिर्ता पठाएकी थिइन् । फिर्ता भएको विधेयकमा आज संसदमा छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।
विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रमुख प्रतिपक्षी दलको प्रयास फेरि पनि असफल भएको छ ।















प्रतिक्रिया