
काठमाडौं, २ भदौ । नागरिकता ऐनको संशोधन विधेयकमाथि मतविभाजनको तयारी भइरहेको छ ।
नेकपा एमालेले मत विभाजनमार्फत विधेयक निर्णयार्थ पेश गर्न सभामुखसँग माग गरेपछि उक्त प्रक्रिया अपनाइएको हो ।
समाचार तयार पार्दा प्रतिनिधिसभा बैठकमा विभाजन घण्टी बजिरहेको छ ।
सुझावसहित राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने सरकारको तयारीपछि एमालेले मतविभाजनको माग गरेको हो ।
यो प्रक्रिया शुरू भएसँगै अब सांसदहरुले विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिन पाउने छन् । भने सांसदहरुले तटस्थ रहन पनि पाउने छन् ।
यसो गर्दा सांसदहरूको व्यक्तिगत मत प्रकट हुने र विवादिन विधेयक पारित नहुने एमालेको अपेक्षा छ ।
कतिपय सांसदहरूका लागि यो उपयुक्त अवसर समेत हुने छ ।















प्रतिक्रिया