
काठमाडौं । जम्बुलिङ इन्टरनेशनल अवार्ड-२०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ ।
श्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रालिले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख ९ २०७९ साउनको २०० गते भएको हो । उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो ।
सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
जम्बुलिङ फिल्मस प्रालिका प्रबन्ध निर्देशक राज किङ वाईबाको साभातित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डस्का संस्थापक डा भिम लाल तामाङ, बिशेष अतिथिमा एनआरएनय मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथिमै नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष बिक्रम वाईबा तामाङ थिए ।
कार्यक्रममा अवार्ड वितरणसंगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी ९चुई चुई पारेर० लाई लाईफ टाईम अचिब्मेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट समाजसेवीको अवार्ड डा भिम लाल तामाङले पाएका छन ।















प्रतिक्रिया