४ कार्तिक २०८३, बुधबार

माओवादीमा शर्मा, महरा, साह, भुसाल र गजुरेल उपाध्यक्ष बन्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेकपा माओवादी केन्द्रमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेल उपाध्यक्ष बन्ने भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यी पाँच जना नेतालाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।

नेकपा माओवादी केन्द्रको बुधबार शुरू भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको थियो । तर, आज बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि अहिलेसम्म बैठक बस्न सकिरहेको छैन ।