
काठमाडौं, २ भदौ । नेपाल भेटेरिनरी एसोसिएशनले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरू संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम घोषणा गरिएको नेपाल भेटेरिनरी एसोसिएशनका कार्यवाहक अध्यक्ष प्राडा कृष्णभक्त काफ्लेले जानकारी दिए ।
एसोसिएशनले उठाएका मागहरूको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरिएको उनको भनाइ छ । एसोसिएशनले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफूहरूले उठाएका मागहरूको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ ।
त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरू सार्वजनिक गर्दै सम्पूर्ण सदस्यहरूलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ ।
विरोधस्वरूप भदौ १ गते कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध जनाउने, भदौ २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भदौ ३, ४ र ५ गते काठमाडौं केन्द्रित मेला, अत्यावश्यकबाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सीटीईभीटी र शिक्षा विभाग अन्तगतका स्कुलहरूमा अनिश्चितकानीन रूपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालीन रूपमा पशुपक्षी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता कार्यक्रम एसोसिएशनले सार्वजनिक गरेको छ ।
















प्रतिक्रिया