४ कार्तिक २०८३, बुधबार

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ, अब ह्याङ्गरका केही स्टल मात्रै बाँकी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । राजधानी काठमाडौंमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ । यही भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहने छन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ । इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भइसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।

५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डीजी–पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ भने डीजी–पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्वारमा राखिएको व्यक्तिगत विबरण सङ्कलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विवरण भरेर निःशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ ।

कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथिहरुलाई एक्स्पोको प्रवेश पास डीजी–पेमार्फत नै उपलब्ध गराइने इभेन्ट सोलुसनले जनाएको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।