
काठमाडौं, २ भदौ । नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न आठ वटा मापदण्ड तयार गरेको छ ।
हिजो बुधबार बसेको बैठकले उम्मेदवारहरूको मापदण्ड तयार गरेको हो ।
निर्णय अनुसार निर्वाचनमा उम्मेदवार बन्नेहरू पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको, पार्टी निर्माणमा योगदान गर्ने, पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ ।
त्यस्तै समाजवादीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवम् लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ । चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्ने पनि निर्णयमा उल्लेख छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ । यस्तै जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ ।

















प्रतिक्रिया