– गणेश गिरी
पर्वत, २२ वैशाख । महाभूकम्पबाट पीडित बनेका परिवारलाई सहयोग गर्ने उद्देश्यले पर्वत कुश्माका एक युवाले आफनो विहेको रकम कटाएर भुकम्प पीडितलाई सहयोग गरेका छन् । भूकम्पमा परी घरवार विहिन भएका परिवारहरु नगद १ लाख ११ हजार १ सय ११ रुपैंया जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत उक्त रकम प्रदान गरेका हुन् ।
पर्वत सदरमुकाम कुश्माबजार स्थित कुश्मानगरपालिका वडा नंं ९ का गणेशमान श्रेष्ठले आफ्ना छोरा डाक्टर अनुज श्रेष्ठको विहेभोजमा खर्च हुने उक्त रकम एक कार्यक्रमकाबीच दैविक प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई प्रदान गरेका हुन् । उक्त चेक रकम बर अनुज र बधु बर्षा मर्सानीले संयुक्त रुपमा तिवारीलाई हस्तान्तरण गरेका थिए ।

अनुजको पोखरा उपमहानगरपालिका ११ निवासी सुरेन्द्रप्रसाद मर्सानीकी छोरी बर्षा मर्सानीसँग सोमबार नेपाली रितिरिवाज अनुसार नै विवाह भएको थियो । कार्यक्रममा उपस्थित भएका पर्वत जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सभाषद् विकास लम्साल र नेकपा एमालेबाट समानुपातिकमा चुनिएकी अर्की सभाषद् कल्पना चापागाईले पनि उक्त कार्यको प्रशंसा गर्दै सवैले हातमा हात मिलाएर पीडामा परेका नेपालीहरुको उद्धारका लागि एकजुट हुन आग्रह गरेका थिए ।
कार्यक्रममा चेक रकम प्राप्त गरेपछि प्रमुख जिल्ला अधिकारी तिवारीले बरबुधलाई शुभकामना प्रदान गर्दै उपलब्ध गराएको राहत रकम पिडितहरु समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
















प्रतिक्रिया