४ कार्तिक २०८३, बुधबार

सांसद शेरबहादुर तामाङको प्रश्न– नेपालीहरूलाई नागरिकता दिदैनौं भनेर कसले भनेको छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नेपालीहरूलाई नागरिकता दिनबाट कसैले रोकतोक नगरेको बताएका छन् ।

‘कसले भन्यो नागरिकता दिन खोज्या छैन भनेर, सबैले नागरिकता पाउनुपर्छ नि । नेपालीहरूलाई नागरिकता दिदैनौँ भनेर कसले भनेको छ र,’ नागरिकता विधेयकमाथि आज प्रतिनिधिसभामा पुनः शुरू भएको छलफलमा सहभागी हुँदै सांसद तामाङले भने, ‘हामीले नेपालमै जन्मिएका, नेपालका आमाका सन्तानहरू खासगरी छोरीहरू, जसको बंशको अधिकार सुनिश्चित गर्दैनौं । तर, विवाह गरेर आइसकेकाहरूले नागरिकता पाएको कुरामा यहाँ कसले विमति गरेको छ ?’

उनले अगाडि भने, ‘भविष्यमा कोही नेपाली पुरुषले कुनै विदेशी महिलासँग विवाह गर्लान्, त्यसको लागि पो सुरक्षित गरिरहेका छौँ त हामीले । नेपालमा आइसकेकाहरूको नागरिकताको सुनिश्चितामाथि कसले प्रश्न गरेको छ र ?’

भविष्यमा आउनेहरूलालाई आउनेवित्तिकै नागरिकता दिन नहुने उनको भनाइ छ ।