४ कार्तिक २०८३, बुधबार

राप्ती नदीमा डुङ्गा पल्टिँदा २५ जना विद्यार्थी घाइते, तीन जनाको अवस्था गम्भीर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

दाङ, २ भदौ । राप्ती नदीमा डुङ्गा पल्टिँदा २५ जना विद्यार्थी घाइते भएका छन् ।

विद्यालय जान डुंगामा सवार विद्यार्थीहरू घाइते भएका हुन् । लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।

आज बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था गम्भीर बताइएको छ ।