४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ : सांसद ज्ञवाली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा सांसदहरूको टाउको नभइ विवेकको गणना गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।

नागरिकता वितरणजस्तो गम्भीर विषयमा केवल संसदमा सांसदहरूको टाउको गनेर पारित गर्न नहुने बताउँदै उनले राष्ट्रिय सहमति खोजिनुपर्ने बताएका छन् ।

आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा  सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि अहिले प्रतिनिधिसभामा छलफल भइरहेको छ । सो क्रममा सांसद ज्ञवालीले टाउको गनेर पारित गरिने यस्ता संवेदनशील विधेयकले भविष्यमा समस्या ल्याउने समेत बताएका छन् ।

नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ ।