
काठमाडौं, २ भदौ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीका लागि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित भोलि शुक्रबार वार्षिक साधारण सभा बस्दैछ । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे शुरू हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।
१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।















प्रतिक्रिया