४ कार्तिक २०८३, बुधबार

कपडामा लेपन गरेर ल्याएको सुनसहित काठमाडौं एयरपोर्टबाट चार जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । दुबईबाट काठमाडौं आएका दुईजना युवाले कपडामा लेपन गरेर ल्याएको सुनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

दुबईबाट काठमाडौं आएका दुईजनाले कपडाभित्र लेपन गरेर ल्याएको ९७२ ग्राम सुन पनि बरामद गरिएको छ । विमानस्थल प्रहरीले सुन ल्याउने र एयरपोर्टमा सुन रिसिभ गर्न गएका दुई जनासहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सोम बहादुर बिक, मोरङ घर भएका २८ वर्षका रिवाज गजमेर, सुन रिसिभ गर्न गएका सिन्धुपाल्चोक भोटेकोशीका धन बहादुर विक र सिन्धुली घर भएका सागर न्यौपाने छन् ।

सोमबहादुर र रिवाजले पाइन्ट र भित्री कपडा डबल सिलाएर त्यसभित्र सुनको पेष्ट बनाएर लेपन गरेर ल्याएका हुन् । यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसरी नै सुन ल्याउने समूहलाई पक्राउ गरेको थियो । साउन २९ र ३० मा पक्राउ गरेर उनीहरुलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।