४ कार्तिक २०८३, बुधबार

नेकपा एसले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने (निर्णयहरूसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफूलाई नेकपा माओवादी केन्द्रमा विलय गराउने निर्णय गरेको छ ।

आज बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा एसको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । बाम एकताको नाम दिएर नेकपा एस र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको हो ।

पार्टी एकताका लागि बेठकले ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय समेत गरेको छ । समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु रहने बताइएको छ ।