४ कार्तिक २०८३, बुधबार

फोहोर व्यवस्थापनको अवरोध हट्यो, भोलिदेखि फोहोर उठ्ने अपेक्षा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध तत्कालका लागि हटेको छ ।

अवरोध हटेसँगै भोलिदेखि फोहोर व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । हप्तौँदेखि हुँदै आएको अवरोध हटाउन बञ्चरेडाँडामा आज तीन बुँदे सहमति भएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न भइरहेको अवरोध हटाउन तीन बुँदे सहमति भएको हो ।

सहमति हनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने भएको छ । त्यस्तै गत जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति समेत जुटेको बताइएको छ ।