५ कार्तिक २०८३, बिहिबार

भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न एमाओवादी कञ्चनपुरको टोली प्रभावित क्षेत्रमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoust

– मोहन विष्ट
महेन्द्रनगर, २२ वैशाख । राजधानी लगायत विभिन्न जिल्लाहरुमा आएको महाभूकम्पका कारण भत्किएका संरचना पूनर्निर्माण गर्नका लागि एकीकृत नेकपा माओवादी कञ्चनपुरले प्रभावित क्षेत्रमा जाने निर्णय गरेको छ ।

एमाओवादी कञ्चनपुरको मंगलबार महेन्द्रनगरमा बसेको आकस्मिक बैठकले एमाओवादी नेता गोपाल रसायलीको नेतृत्वमा ५० सदस्यीय निर्माण टोली प्रभावित क्षेत्रमा जाने भएको हो ।

एमाओवादीको तिन महिने पूर्नसंरचना अभियान अन्तर्गत कञ्चनपुरबाट समेत जनशक्ति प्रभावित क्षेत्रमा जाने भएको नेता गगन सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण क्षतविच्छेद भएका ग्रामिण बस्तीहरुमा पहिलो प्रथामिकताका साथ भत्किएका संरचना निर्माण गर्न एमाओवादीका नेता/कार्यकर्ताहरु खटिने छन् ।

यसैबीच बैठकले पार्टीको आन्तरिक कमिटीहरुबाट समेत सक्दो आर्थिक सहयोग संकलन गर्नें समेत निर्णय भएको छ । जिल्लाले नगर/गाँउ/वार्ड कमिटीहरुलाई सक्दो आर्थिक, जिन्सी समाग्री सहयोगका लागि सकुलेशन जारी गर्ने एमाओवादी कञ्चनपुरले जनाएको छ ।

एमाओवादी कञ्चनपुरका अध्यक्ष टेकेन्द्र प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले महाभूकम्पबाट मृतक, घाईते, अङ्गभङ्ग र घरबिहीन भएकाहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतक परिवारलाई न्यायोचित राहत, घाईतेको शिघ्र उपचार र घरबिहीन परिवारलाई घर पूनर्निर्माणका लागि विशेष प्याकेज ल्याउनुपर्ने समेत प्रस्ताव पास गरेको छ ।