४ कार्तिक २०८३, बुधबार

पर्यटनमन्त्री श्रेष्ठद्वारा इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरूसँग छलफल 

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै अन्य सरोकारवलाहरुसँग छलफल गरेका हुन् ।

काठमाडौंवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भएको बताउँदै उनले इन्द्रजात्रा अवलोकनमा सहभागि हुनेहरुलाई सहज हुने गरी सवै प्रवन्ध गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित भई इन्द्रध्वजोत्थान गर्ने गरिन्छ । साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ । इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाच, गान, झाँकी व्यवस्थापनका साथै ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । कुमारी गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शनलगायत उत्वस गरिनेछ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।