
लमजुङ १ भदौ । लमजुङको मस्याङ्दी गाउँपालिका–२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।
बेसीसहरबाट घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् भने घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरी लमजुङ जिल्ला अस्पताल पठाइएको छ ।
घाइतेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया