५ कार्तिक २०८३, बिहिबार

यसरी पनि जुटाउन सकिन्छ भूकम्प पीडितलाई राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2591

– विश्वास खड्काथोकी

काठमाडौं, २१ वैशाख । मानिसलाई सहयोग गर्नको लागि धन नै चाहिन्छ भन्ने केही छैन, मन भए पुग्दो रहेछ । मन भए धनले त त्यसै पछ्याउँदो रहेछ । त्यही सहयोगी मन लिएर भूकम्प पीडितका लागि कस्सीएका छन्, रेस्मा थापा र उषा तितिक्षु ।

जब नेपालमा बिनासकारी भूकम्प गयो, रेष्मा र उषाले सबैका दर्दहरु सुन्न थाले । त्यही दर्दनाक कहानीले उनीहरुको पनि मन पोल्यो । एउटा नेपालीलाई दुख्दा अर्को नेपालीलाई पोल्नु स्वभाविक पनि हो । उनीहरुको पोलेको मनले भूकम्प पीडितलाई सहयोग गर्न आतुर बन्यो । तर सहयोग चाही कसरी गर्ने ? उनीहरु अलमलमै थिए ।

IMG_2598

रेस्माको दिमागमा एउटा आइडिया फुर्‍यो, ‘गाडी पुछिदिने, त्यस स्वरुप रकम लिएर पीडितहरुलाई वितरण गर्ने ।’ जुन आइडिया उषालाई पनि गज्जव लाग्यो । अनि भूकम्प गएको ठीक एक हप्ता पछि उनीहरु भाटभटेनी सुपर स्टोरेको पार्किङमा पुगे र स्प्रीट, ग्लोव र रुमाल लिएर गाडी सफा गर्न थाले । रेष्मा भन्छिन्, ‘त्यतिकै सहयोग माग्नुको अर्थ देखिन, अहिले काठमाडौंमा समेत भूकम्प पीडितहरु छन् । त्यसैले सिम्बोलिक रुपमा केही सहयोग मागौ न भनेर हामीले यस्तो कामको सुरुवात गरेका हौँ ।’ उनीहरुलाई साथ दिन शनिवारनै १३ जना युवा, युवति आइपुगे । उनीहरुले पनि हातमा ग्लोव लाए र फटाफट गाडी सफा गर्न थाले । कसैले गाडि सफा गर्दै थिए, कसैले डोनेसन बक्स समाएर उभिएका थिए । उद्देश्य भने सबैको एउटै थियो, भूकम्प पीडितलाई राहत प्रदान गर्ने ।

IMG_2596

सोमबार पनि रेस्मा र उषासँगै करिव एक दर्जन युवा युवतिले पार्किङमा आउने गाडि पुछ्दै भूकम्प पीडितको लागि रकम संकलन गरिरहेको भेटिन्थे । पहिलो दिन शनिवार २३ जना, आइतवार १४ र सोमबार १० जना भोलिन्टिएरले सहयोग गरेको रिस्माले जानकारी दिईन् ।

उषाले थपिन्, ‘सबैले यसलाई युनिक कन्सेप्ट भनिरहेका छन्, सहयोग पनि सोंचे अनुरुपनै संकलन भईरहेको छ ।’ उनीहरुले उहिलेसम्म करिव ८० हजार रुपैयाँ सहयोग संकलन गरीसकेका छन् । शनिवार ४४ हजार २ सय २५, आइतवार २५ हजार ७ सय १५ र सोमबार करिव ६ हजार रुपैयाँ सहयोग संकलन भएको उनले बताईन् ।

IMG_2593

संकलित रकम बरावरको राहत सामाग्री खरिद गरी मंगलबारबाट भूकम्प पीडितलाई वितरण गर्ने रेस्माले जानकारी दिईन् । मंगलबार ललितपुरको विकट माल्टा गाउँमा राहत प्रदान गर्ने उनले बताईन् । ‘हाम्रो पहिलो प्राथामिकता माल्टा हो, त्यहाँको म्याप पनि उठाइसकेका छौ’, उनले भनिन्, ‘त्यहाँ एक सय घरहरु भत्कीएका रहेछन्, उनीहरुलाई खान भन्दा पनि बस्नको लागि समस्या रहेछ । हामीहरुले खाने कुरामा भन्दा पाल वितरणलाइ प्रथामिकता दिनेछौं ।’ माल्टा पछि थानकोटको मसिने, दलित बस्ती रहेको काभ्रेको देउपुर र चण्डेनी गाविसमा राहत प्रदान गर्ने उनले जानकारी दिईन् ।

प्राय सबैले आफुहरुको प्रयासमा समर्थन जनाएको उषा बताउछिन् । उनी भन्छिन्, ‘हाम्रो सिम्बोलिक काम हो । तर कतिपयले नबुझेर भित्र पनि पुछिदिनुसम्म भन्न आएका थिए । कतिपयले हामी पनि भूकम्प पीडित हो भन्दै सहयोग प्रदान गर्न हिच्कीच्याए । तर पनि हामी सफल भएका छौँ ।’ उनले विद्यार्थीहरु त्यतिकै बसीरहेका बेला उनीहरुको सहयोगमा आर्थिक संकलन गर्ने उद्देश्यले यस्तो कन्सेप्ट लिएको जानकारी दिईन् ।

IMG_2601

IMG_2590

IMG_2597