५ कार्तिक २०८३, बिहिबार

भूकम्पले बागलुङमा ५२ विद्यालय ध्वस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-girl– रबिना बोहरा
बागलुङ, २२ वैशाख । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा बागलुङमा धेरै मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बागलुङ जिल्लामा महाभुकम्पले जिल्लाका जम्मा ५ सय ३३ वटा विद्यालय मध्ये ५२ वटा विद्यालय पुर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै १ सय भन्दा बढी सरकारी विद्यालयमा आशिंक क्षति भएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले मंगलबार सम्म संकलन गरिएको तथ्याङक अनुसार जिल्लाका ५२ वटा विद्यालय पुर्ण रुपमा क्षति भएको र १ सय ५० वटा विद्यालयमा आंशिक क्षति भएको छ ।

जिल्लामा नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु भएको भएपनि विद्यालयका भवनमा भूकम्पले क्षती पुगेको हुनाले जिल्लाका अधिकांश विद्यँलयले खुल्ला चौरमा कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारी बताउनुभयो ।

उहाँले आफै जिल्लाका विद्यालयमा पुगेर तथ्याङक संकलन गरिरहेको भन्दै जनचेतना प्राथमिक विद्यालय कुश्मिसेरा, जैमुनी प्राथमिक विद्यालय दमेक, महाविद्याजन उच्च मावि रायडाँडाँ लगायतका विद्यालयहरुले खुल्ला चौरमा कक्षा सञ्चालन गरेको बताउनुभएको थियो ।

विद्यालयका भौतिक संरचनाको तथ्याङक संङकलन गर्दै गर्दा जिल्लामा शिक्षा क्षेत्रको भौतिक संरचनामा मात्र करिब २ अर्ब भन्दा बढी आर्थिक क्षति भएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । बागलुङ जिल्लामा मानवीय क्षती नभएको भएपनि ठुलो परिमाणमा भौतिक क्षती भएको छ ।