५ कार्तिक २०८३, बिहिबार

दोलखा र सिन्धुपाल्चोकमा फेरि भूकम्प, भागदौड मच्चियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, २२ वैशाख । भूकम्पको त्रास जारी रहेको बेला सिन्धुपाल्चोक र दोलखामा फेरि भूकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोकको सीमानालाई केन्द्रविन्दु बनाएर लगातार दुई भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ४.३ रेक्टर स्केलको पहिलो भूकम्प अहिले ४ बजेर २३ मिनेटमा गएको थियो । भूकम्प गएपछि दोलखामा सर्वसाधारणहरु घर छाडेर भागेका थिए ।

भूकम्प गएको केही समयसम्म भागदौड मच्चिएको दोलखाबाट स्थानीय पत्रकार चिरञ्जिवी मास्केले जनाएका छन् । भूकम्पको त्रासमा रहेका सर्वसाधारणबीच भागदौड मच्चिएपनि कुनै क्षति नभएको जानकारी दिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अघिल्ला दिनका तुलनामा आज भूकम्पका धक्का कम महसुस भएको छ । गत सोमबार एकै दिन चार रिक्टर स्केल माथिका नौ वटा भूकम्पका पराकम्प महसुस भएको थियो ।

आज विहान ६ः३९ बजे धादिङ र नुवाकोटको सिमाना भएर ४ रिक्टर स्केलको भूकम्पन भएको थियो । यही वैशाख १२ गते यता चार रिक्टर स्केलभन्दा माथिका १४३ वटा भूकम्पका परकम्प महसुस भएका केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले भूकम्पका धक्का क्रमशः कम हुँदै गएका र छ रिक्टर स्केलभन्दा मुनिका कम्पनले कुनै असर नगर्ने बताउँदै सर्वसाधारणलाई नआत्तिन आग्रह गर्नुभयो

भूकम्प मापन केन्द्रका अनुसार दोस्रो भूकम्पको धक्का पनि महसुस गरिएको छ । दोस्रो भूकम्प भर्खरै गएको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।