४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा तीन जना ग्राहकलाई बीमाबापतको रकम भुक्तानी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । एनआईसी एशिया बैंकले दुर्घटना बीमाबापतको रकम भुक्तानी गरेको छ ।

बैंकले सञ्चालन गरेको ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका तथा दुर्घटनामा परी मृत्यु भएका तीन जनालाई बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

भुक्तानी प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखाबाट ‘केएमसी एम्बासडर’ बचत खाता खोलेका स्व. शिवप्रसाद सुवेदी, ग्वार्को शाखामा ‘सर्वश्रेष्ठ सहज’ बचत खाता खोलेका स्व. टंकप्रसाद घिमिरे र सुदूर पश्चिम प्रदेश साँफेबगर शाखामा ‘सर्वश्रेष्ठ’ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञानबहादुर चौधरी छन् ।

उक्त बीमाबापतको रकम मृतकहरूका श्रीमती क्रमशः लक्ष्मी ढकाल, डिलीमै घिमिरे र अनिता चौधरीलाई हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।