
काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ ।
काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको बैठकको शुभारम्भ पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।
बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालयसम्बन्धी, महामन्त्री सुशील श्रेष्ठले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षणसम्बन्धी, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक र प्रदेश अध्यक्षहरूको सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदनमाथि आजैदेखि टिप्पणी शुरु हुने छ । बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।















प्रतिक्रिया