४ कार्तिक २०८३, बुधबार

आईएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । आईएमईले ‘घण्टी बज्यो’ नामको नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आईएमई–पे मोबाइल वालेटमार्फत प्राप्त गर्ने दुई जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् ।

२०७९ साल साउन २७ गतेदेखि भदौ १० गतेसम्म कायम रहने यो अफरमा हरेक हप्ता १÷१ जना भाग्यशाली विजेताले स्मार्टफोन जित्ने छन् ।

‘आइएमई–पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवाप्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई–पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।