५ कार्तिक २०८३, बिहिबार

४ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा ४५५ जना सङ्क्रमित, २ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर २ हजार ३०८ जनाको आरटी–पीसीआर गर्दा ३०५ जना र २ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जना गरी आज ४५५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार ३२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ३ हजार १६५ जनाको नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको थियो । उक्त दिन ५०१ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ५३ हजार ४७३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ४३४ जना आइसोलेसनमा छन् ।