
काठमाडौं, २९ साउन । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटल र भिभान्ता डेन्टलमा दाँतको उपचार गराउँदा विशेष छूट पाउने भएका छन् ।
बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुले उक्त छूट सुविधा पाउने बैंकले जनाएको छ । छूट सुविधाका लागि बैंकले हिमाल र भिभान्तासँग समझदारी समेत गरेको छ ।
हिमाल डेन्टलको काठमाडौंभित्र धुम्बाराही, चावहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी, कैलाली र डडेलधुरामा शाखा सञ्चालनमा छ । त्यस्तै भिभान्ता डेन्टल काठमाडौंको कमलपोखरीमा अवस्थित छ ।















प्रतिक्रिया