
काठमाडौं, २९ साउन । भायानेट कम्युनिकेसनले बाराको सुर्खेत तथा दाङको घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न कम्पनीले उक्त शाखा विस्तार गरेको जनाएको छ ।
शाखा विस्तारको उपलक्ष्यमा कम्पनीले सुर्खेत, घोराही र तुलसीपुरमा आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर समेत उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउने छन् ।
यो सुविधा भने कम्पनीले सीमित अवधिका लागि ल्याएको जनाएको छ । भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर बीपी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ भने भायानेट तुलसीपुरको सर्भिस सेन्टर मनपुर रोड एनआईसी एशिया बैंक नजिकै खोलिएको छ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टीभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी हो ।















प्रतिक्रिया