४ कार्तिक २०८३, बुधबार

एउटै चुनाव चिह्न लिएर निर्वाचन लड्दै प्रचण्ड र बाबुराम !

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन् ।

आज आइतबार भएको दुई नेताबीचको लामो छलफलपछि यस्तो निष्कर्षमा पुगेको बताइएको छ । यद्यपि सहमतिलाई अन्तिम र औपचारिक रुप दिन बाँकी रहेको स्रोतको भनाइ छ ।

प्रचण्डनिवास खुमलटारमा भएको उक्त छलफलमा एउटै चुनाव चिह्न प्रयोग गर्ने र दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने मौखिक सहमति भएको हो । यो सहमतिलाई लिखत गरी दुई नेताले हस्ताक्षर गरेपछि मात्रै औपचारिकता प्राप्त गर्ने बताइएको छ ।