२ कार्तिक २०८३, सोमबार

चितवनमा निःशुल्क कन्सर्ट गर्दै चलचित्र ‘कृष्ण–लीला’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात् कृष्णजन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘कृष्ण–लीला’ को टीमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।

प्रदर्शन मिति नजिकिदै जाँदा प्रचारप्रसारमा ब्यापकता दिइरहेको ‘कृष्ण–लीला’ को कलाकारसहितको टीमले साउन ३१ अर्थात् आगामी मंगलबार साँझ ५ बजे सीजी ल्याण्डमार्कमा निःशुल्क कन्सर्ट गर्न लागेको हो ।

चलचित्रका निर्देशक दीपक ओलीले दिएको जानकारी अनुसार ओएसीस एजुकेशन (अष्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात् अभिनेत्री श्रद्धा क्षेत्री, ‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रवीन्द्र झाका साथमा चलचित्रको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रवी ओड र गायिका सुनिता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छन् ।

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि, रवीन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् ।

रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । गीतसंगीत, पोस्टर अनि ट्रेलरबाट समेत पाएको चर्चा र चासोका कारण ‘कृष्ण लीला’ लाई यो बर्षको प्रतिक्षीत फिल्ममा राखिएको छ ।