५ कार्तिक २०८३, बिहिबार

काठमाडौं–२ बाट संसदीय चुनाव उठ्ने कुन्तीदेवी पोखरेलको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचन प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् ।

शनिबार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको बृहत् संगठन तथा पार्टी प्रवेश कार्यक्रममा उनले सो घोषणा गरेकी हुन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उनको भनाइ छ ।

‘काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदीय चुनाब जित्छ जित्छ, कुन्ति पोखरेल आउछ आउछ,’ उनले भनिन् । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्मत रुपमा सबैको सहमति भएर आयो भने आफूले निर्वाचन जित्ने कुरामा कुनै शंका नरहेको उनले विश्वस्त तुल्याएकी छिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पूर्वध्यक्ष पशुपति शम्सेर जबरा, पूर्वध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णध्वजको उपस्थिति थियो ।

पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा बिरोध जनाएकी छिन् ।