४ कार्तिक २०८३, बुधबार

एमालेसँग आँखा जुधाउन नसक्ने अवस्थामा काङ्ग्रेस पुग्यो, हामी अझै बलियो बन्नुपर्छ : नेम्वाङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपाली काङ्ग्रेस नेकपा एमालेसँग आँखामा आँखा जुधाउन नसक्ने अवस्थामा पुगेकाले आगामी निर्वाचनबाट एमाले नै ठूलो शक्ति बनेर उदाउने बताएका छन् ।

नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले सो कुरा बताएका हुन् । नेपाली कांग्रेस गठबन्धनबिना एमालेसँग निर्वाचन लड्नै नसक्ने अवस्थामा पुगेको भन्दै नेम्वाङले उक्त टिप्पणी गरेका हुन् ।

‘खुलामञ्चमा किसुनजीले भनेको सम्झछु, मलाई नै एक हजार सीटले पुग्दैन, यो कम्युनिष्टहरूलाई कहाँबाट ल्याएर सिट दिनु,’ पञ्चायत अन्त्यपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको भनाइ स्मरण गर्दै उपाध्यक्ष नेम्वाङले भने, ‘त्यो एक हजार सीटले नपुग्ने कांग्रेस अहिले पाँच दलीय गठबन्धनबिना एमालेसँग आँखामा आँखा जुधाउन सकिदैन भन्दैछ ।’

अर्को प्रसङ्गमा उनले स्थानीय तह निर्वाचनमा पार्टीभित्रैको अन्तर्घातको कारण ६० भन्दा धेरै सीटमा पराजय व्यहोर्नुपरेको बताउँदै आगामी निर्वाचनमा त्यस्तो हुन नदिन पार्टीका जिम्मेवार नेता–कार्यकर्ताहरू सचेत हुनुपर्नेमा जोड दिएका छन् । ‘हामी बलियो भए मात्रै अरूले आँखा नजुधाउने हुन्, बलियो भएनौं भने कस्तो होला परिस्थिति विचार गर्नुहोस् त,’ उनले भने ।