
काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई बहुमतबाट रोक्नका लागि मात्रै विभिन्न गठनबन्धन र मोर्चाहरूको हल्ला फिजाइएको बताएका छन् ।
लोकतान्तित्रक शेर्पा सँघद्वारा आज शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार आवश्यक रहेको जिकिर गरेका छन् । नेकपा एमाले देश बनाउने शर्तमा मात्रै सरकारमा जाने उनको भनाइ छ ।
‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने । पार्टी र देश बनाउन भन्दा पनि एमालेलाई परास्त गर्न मात्रै अहिले विभिन्न खालका गठबन्धन र मोर्चाहरूको चर्चा भइरहेको अध्यक्ष ओलीको भनाइ छ ।















प्रतिक्रिया