५ कार्तिक २०८३, बिहिबार

२६३ जना नयाँ संक्रमित थपिँदा ५०१ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १ हजार ३९९ जनाको आरटी–पीसीआर गर्दा १६२ जना र १ हजार ७६६ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जना गरी आज २६३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९२ हजार ७२७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ३०७ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ५१ हजार १६५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ४३४ जना आइसोलेसनमा छन् ।