५ कार्तिक २०८३, बिहिबार

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।

राजधानी कठामाडौंमा सम्पन्न एनएफएसजेको नवौं वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अङ्ग्रेजी दैनिक दि हिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।

एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएका छन् । यसैगरी, सदस्यहरुमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी चयन भएका छन् ।

एनएफएसजेका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्यसमितिलाई बधाईं ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डंगोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको प्रोग्राम कमिटी पनि गठन गरिएको छ । कमिटीले एनएफएसजेको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवर्द्घन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।