
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि शनिबार बस्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि उक्त बैठक बोलाएका हुन् । देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया