
काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार २९० जनाको आरटी–पीसीआर गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जना गरी आज ७८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९२ हजार ५६५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार ८०६ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ४ हजार ५३४ जनाको नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप ५ जनाको मृत्यु भएको थियो । उक्त दिन ४७६ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ४९ हजार ७६६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ७७५ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया