५ कार्तिक २०८३, बिहिबार

भूकम्पमा ज्यान गुमाएका नेपालीको सम्झनामा संजय अमेरिकाका हिमाल चढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

snjay-pandit (2)काठमाडौं, २२ वैशाख । गत शनिवार नेपालमा आएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाएका नेपाली दाजुभाई दिदिबहिनीको सम्झनामा अमेरिकाका हिमाल चढ्ने एक नेपाली पर्वतारोहीले घोषणा गरेका छन् ।

भूकम्पमा ज्यान गुमाएका नेपाली दाजुभाई दिदिबहिनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली लामो दुरीका धावक तथा किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले भूकम्पमा ज्यान गुमाउने नेपालीहरुको सम्झनामा उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने मंगलबार काठमाडौंमा घोषणा गरेका हुन् ।

उनले यसअघि सगमाथा लगायत विश्वका पाँचवटा महादेशका उच्च शिखर सफल आरोहण गरिसकेका छन् । सातै महादेशका उच्च शिखर चढ्ने तयारीमा रहेका संजयले उत्तर अमेरिकाको उच्च शिखर चढ्ने तयारीमा रहिरहेको समयमा नेपालमा महाभूकम्प गएपछि उनले तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपत्तिमा साथको आग्रह गर्दै सो शिखर चढ्ने निर्णय गरेका हुन् ।

snjay-pandit (3)

‘यो आरोहणलाई अमेरिकाको शिखरबाट एकपटक नेपाल विपत्तिमा परेको छ संसारका सबै राष्ट्रलाई सहयोग गर्न आव्हान गर्नेछु ।’ पण्डितले भने–‘महाभूकम्पमा परी सगरमाथा आरोहणको सिलसिलामा रहेको ज्यान गुमाउने आरोहीहरुलाई समेत म सो आरोहण समर्पण गर्न चाहन्छु ।’ सो आरोहणबाट भूकम्प सम्बन्धी जनचेतना जगाउने समेत सकिने उनले विश्वास लिएका छन् ।

उनले उत्तर अमेरिकाको सर्वाेच्च शिखरमा नेपालको विश्व सम्पदा सुचीमा रहेको पुरातात्वकी महत्वका मठ मन्दिरहरुको पुनर्निमार्णमा सहयोग आग्रह गर्दै ती धरोहर अंकित तस्वीर समेत चुचुरोमा प्रदर्शन गर्ने बताएका छन् ।

उनले सो अभियानमा सम्पूर्ण अमेरिकाबासीले साथ दिने विश्वास लिएका छन् । जलवायु परिवर्तनको कारणले हिमाली भागमा परेको प्रभाव तथा विश्व शान्तिको जनचेतना फैलाउन उनले एशिया, युरोप, अफ्रिका, साउथ अमेरिका र अष्ट्रेलियाको सफल किर्तिमानी आरोहण गरिसकेका छन् ।

snjay-pandit (1)