चितवन, २२ वैशाख । राष्ट्रिय गैंडा गणना २०७१÷०७२ को तथ्याङ्क आज सार्वजनिक गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज सहित देशभरका निकुञ्ज र आरक्षमा गरिएको गणनामा नेपालमा ६ सय ४५ गैंडा रहेको तथ्याङक सार्वजनिक भएको हो ।
यस अघि सन् २०११ मा भएको गैंडा गणनामा नेपालमा ५ सय ३४ गैंडा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । २०११ को तुलनामा हाल १ सय ११ गैंडाको संख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।
गैंडाको संख्या पत्ता लागाउन ४ बर्षपघि गणना थालिएको निकुञ्जले जनाएको छ । गणनाको क्रममा चितवन राष्ट्रिय निकुञ्जमा सवैभन्दा धेरै ६ सय ५ वटा गैंडा रहेका छन् । यसअघिको गणनामा चितवनमा ५०३ वटा गैंडा हरेका थिए ।
यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा २४ बाट बढेर २९ वटा पुगेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ वटा गैंडा रहेका छन्, यसअघि त्यहाँ ७ वटा गैंडा थिए । यस्तै पर्सा बन्यजन्तु आरक्षमा ३ वटा गैंडा रहेको प्रमुख संरक्षण अधिकृत कुँवरले बताए ।
वन र निकुञ्ज विभागका महानिर्देशक, डब्लुडब्लुएफका नेपाल प्रतिनीधि, निकुञ्जका अधिकारी र गणनामा खटिएका कर्मचारीहरुले वनदेवीको पुजा गरेर गणना सुरु गरेका थिए । गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २८ वटा, पर्सा वन्यजन्तु आरक्ष कार्यालयको ४ वटा र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको २ वटा गरी जम्मा ३४ वटा हात्ती प्रयोग गरिएको प्रमुख संरक्षण अधिकृत कुँवरले जानकारी दिए ।
४० जना गणकलाई प्रयोगात्मक अभ्यास सहितको तालिम दिएर गणनामा प्रयोग गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको गैंडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरी १० स्थानमा क्याम्प राखी गैंडा गणना गरिएको थियो ।
यसबर्ष गणनाका क्रममा जीपीएस, क्यामरा, रेकर्ड र्फम, वाइनाकुलर, एन्ड्रोड मोवाईल फोन लगायतका सामाग्रीको प्रयोग गरी कुनै गैंडा नछुटुन कोही नदोहोरिउन भनी सुईप मेथडबाट प्रत्यक्ष गणना गरिएकाले गैंडको संख्यामा फेरवदल नभएको वताए ।
















प्रतिक्रिया