५ कार्तिक २०८३, बिहिबार

प्रहरी महानिरीक्षक सिंह भन्छन्– प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागू समेत गरिएको उल्लेख गरे ।

मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनको भनाइ छ ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणका लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताएका छन् ।