
काठमाडौं, २६ साउन । नेकपा एमालेले आगामी भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान गरेको छ ।
आज बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बैठक बोलाइएको बताइएको छ ।
निर्णय अनुसार एमालेको स्थायी कमिटी बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ७ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने भएको छ ।
बैठकले चुनावका लागि विभिन्न तयारी गर्ने छ ।















प्रतिक्रिया