
काठमाडौं, २६ साउन । पाँच दलीय सत्ता गठबन्धनले विद्यमान संसदमा रहेका दलीय सांसदहरूको संख्याका आधारमा भावी सीट बाँडफँट गर्ने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सीट बाँडफाँटको आधार तयार गर्न आज बिहीबार बसेको कार्यदलको बैठकले यस्तो सहमति जुटाएको हो ।
त्यो बेलाको निर्वाचनलाई आधार बनाउने मोटामोटीमा सहमति भएसँगै अब दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा रहेर आगामी निर्वाचनका लागि सीट बाँडफँट गरिने एक नेताले बताए ।
गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने छ ।















प्रतिक्रिया