
काठमाडौं, २६ साउन । आजदेखि नेपालमा फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ शुरू हुने भएको छ ।
आज बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनबाट उक्त शो प्रशारण हुने उत्पादक एडी रिलिजले जानकारी दिएको छ । यो शो भारतीय टेलिभिजन रियालिटी शोको फ्रेञ्चाइज हो ।
यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने बताइएको छ । ‘सुपर डान्सर नेपाल’को सुपर जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई छन् ।
त्यस्तै कार्यक्रमको होस्ट कविता नेपाली र विल्सन विक्रम राईले गर्ने बताइएको छ । साथै कार्यक्रमको निर्देशकको भूमिकामा भुषण दाहाल छन् ।















प्रतिक्रिया