५ कार्तिक २०८३, बिहिबार

‘आदिवासीको हक अधिकारका लागि राप्रपा नेपाल प्रतिबद्ध’

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । २८ औं विश्व आदिवासी विश्व आदिवासी दिवस लाई नेपालमा सप्ताहव्यापी रुपमा मनाइरहेको अवस्थामा राप्रपा नेपालको आदिवासी जनजाति विभागले पनि एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिहरुको हक अधिकारको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शेर्पाले जनजातिहरुलाई पहिचान सहितको राज्य दिने भनेर सोझा अदिवासी जनजातिहरुलाई उकासेर युद्धमा होम्ने क्रान्तिकारी भनाउने राजनीतिक दलहरुले आफु सत्तामा पुग्ने भर्याङको रुपमा मात्र प्रयोग गरेको दावी गरे । तीन तहको संघीयता मुलुकले थेग्न नसक्ने बताउँदै शेर्पाले पुरानो पाँच विकास क्षेत्रको अवधारणा नै उत्तम रहेको बताए ।

आउँदो निर्वाचनमा संविधानको मर्म अनुरुप आदिवासी जनजातिहरुको समानुपातिक प्रतिनिधित्व हुने गरि उम्मेदवारको वन्दसूचिमा नाम समावेश गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्दै समावेशी र समानुपातिक प्रतिनिधित्वको नाममा आफ्ना परिवार र नातागोता समेट्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए ।

राप्रपा नेपालका सह महामन्त्री एवं पार्टीका आदिवासी जनजाति विभाग प्रमुख तेज कुमार कुरुम्वाङले नेपालको सनातनि सभ्यता, निरन्तरता सहितको परिवर्तन, सनातनधर्म हाम्रो राष्ट्रिय पहिचान र भाषा, धर्म, संस्कार संस्कृति, ज्ञान र सिपको संरक्षण र प्रवद्र्धन गर्ने भन्ने राप्रपा नेपालको नीति नै आदिवासी जनजातिको नीति भएको र आदिवासी जनजाति समुदायहरुको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, धार्मिक तथा भाषिक समस्याहरुलाई समाधान गरि सर्वाङ्गिण विकास तथा उत्थान गर्नका लागि राष्ट्रिय जनजाति विकास समिति गठनको शुरुवाती राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट भएको हुँदा राप्रपा नेपाल आदिवासी जनजातिको हक, हित र अधिकारको पक्षमा रहेको बताए ।

कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय दिलविकास राजभण्डारी, लाक्पा तामाङ, प्रवक्ता वशन्तमान सिंह अधिकारी, वागमती प्रदेश अध्यक्ष माधव खत्री, सहायक महामन्त्री ममता राईलगायतका वक्ताहरुले नेपालमा आदिवासी जनजातिहरुको अवस्थाको बारेमा प्रकाश पार्दै आदिवासीको हक, हित र अधिकार रक्षाको निम्ति सिंगो राप्रपा नेपाल प्रतिवद्ध रहेको बताएका थिए ।