५ कार्तिक २०८३, बिहिबार

कारोना सङ्क्रमित ८ जनाको भेन्टिलेटर र ६० जनाको आईसीयूमा उपचार हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाठौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा पाँच जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्न थालेसँगै मृत्यु संख्या पनि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल ८ जना सङ्क्रमितको भेन्टिलेटर र ६० जनाको आईसीयूमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ जना, बागमती प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै प्रदेश १ मा ८ जना, बागमतीमा ४५ जना, गण्डकीमा २ जना, लुम्बिनीमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६० जना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ जना छ । त्यसमध्ये ५ हजार ६७७ जना होम आइसोलेशन र १९२ जना संस्थागत आइसोलेशनमा छन् ।