३० आश्विन २०८३, शुक्रबार

अस्ट्रेलिया सरकारबाट दश मिलियन डलर सहयोग घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Australia-Flagकाठमाडौँ, २२ वैशाख । अस्ट्रेलिया सरकारले नेपालको भूकम्प पीडितका लागि करिब रु एक अर्ब(दश मिलियन अमेरिकी डलर) सहयोग प्याकेज घोषणा गरेको छ ।

सो सहयोग अति आवश्यक भएका प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा प्रयोग हुनेछ । सो सहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुनेछ ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले आज जारी गरेको विज्ञप्तिमा नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्दै यहाँको संकटको समयमा राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न सो सहयोग दिने जनाइएको छ ।

सो मुलुकका विदेश मामिला मन्त्री जुली बिसपले सो सहयोग घोषणा गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस