
काठमाडौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ४११ जनाको आरटी–पीसीआर गर्दा ४६५ जना र १ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जना गरी आज ८१५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९२ हजार १४६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ४७ हजार ४७६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ८६० जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया