५ कार्तिक २०८३, बिहिबार

पाँचदलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सीट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने कार्यतालिका छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा यसअघि ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू संलग्न छ ।