५ कार्तिक २०८३, बिहिबार

स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिह्न लिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । विभिन्न ६ दल आवद्ध स्वतन्त्र राजनीतिक शक्ति, नेपालले आगामी साउन २८ गते संयुक्त चुनाव चिह्न घोषणा गर्ने भएको छ ।

आगामी मंसिरमा हुने चुनावका लागि संयुक्त चुनाव चिह्नको शनिबार राष्ट्रिय सभागृहमा घोषणा गरिने जानकारी दिइएको छ ।

नवगठिन स्वतन्त्र राजनीतिक शक्ति, नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी, नौलो जनवादी पार्टी आबद्ध छन् ।

साना दलहरु एक भएर देशलाई सम्पन्न बनाउने र नमूना राष्ट्रको रुपमा चिनाउन खोजेको उनीहरूको भनाइ छ । एउटै घोषणापत्र, एउटै च्ुनाव चिह्न र एउटै विचार बोकेर आगामी चुनावमा जाने तयारी भएको नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीलले जानकारी दिए ।